बुधबार, बैशाख १२, २०८१

वीरगञ्जमा ३ भारतीय नागरिकमा कोरोना संक्रमण

काठमाडौ चैत ३० , नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पर्साको वीरगन्ज महानगरपालिका छपकैयास्थित मस्जिदमा बसिरहेका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण फेला परेको हो ।  शुक्रबारबाट नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखिएको ३ जना भारतीय नागरिकलाई कोरोना संक्रमण पोजेटिभको आशंकामा हेटौडामा स्वाब परीक्षणको लागि ल्याइएको थियो ।

यद्यपी तीनैजनामा कोरोना संक्रमण भेटिएपनि सरकारले औपचारिक रुपमा यसको जानकारी गराएको छैन । यद्यपी आज सरकारले आफ्नो नियममित कार्यक्रम मार्फत स्वास्थ्य मन्त्रालयले आईतवार मात्रा आधिकारीक रुपमा सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ ।

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएकोमा तीन जनाको नतिजा छुट्याउन नसकेपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र परीक्षणको क्रममा उनिहरुमा कोरोना पोजिटीभ देखिएको हो । संक्रमित तिनै जना नारायणी अंचल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् । छकपैया यतिनखानामा शरण लिएर बसिरहेका तीनै जनाको सम्पर्कमा रहेकालाई आजै क्वारेन्टाइनमा राखिएको छ ।

तीनै जना धार्मिक गुरुहरु रहेको र उनिहरु दुई साताअघि मात्र मस्जिदमा आएका थिए । बिहीबार स्क्रीनिङको क्रममा भने उनीहरुले ४ महिना अगाडि भारतबाट नेपाल प्रवेश गरेको समाचार स्रोतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।