बिहिबार, चैत्र १५, २०८०

वीरगञ्जका थप दुई जनामा कोभिड १९ को संक्रमण पुष्टि भएसंगै संक्रमितको सख्या ५१ पुग्यो

वीरगञ्ज बैशाख १४ , वीरगञ्जका थप दुई जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा वीरगञ्जका दुई जना पुरुषमा कोरोनाको संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

वीरगञ्जका विभिन्न स्थानबाट १ सय ८६ जनाको स्वाब संकलन गरिएकोमा रगञ्ज महानगरपालिकामा सफाइ यसनिटमा कार्यरत ५० वर्षीय पुरुष कर्मचारी रहेको र इनरुवास्थित सिद्धार्थ माबि क्वारेन्टाइनमा बस्दै आएका अर्का पुरुष रहेको बताईएको छ । संक्रमण पुष्टि भएपछि दुबैलाई नारायणी अस्पतालको आइसोलेजनमा राखिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमित हुने नेपालीको संख्या ५१ पु्गेको छ । संक्रमितमध्ये १२ जना उपचारपछि निको भैसकेका छन । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।