बिहिबार, बैशाख १३, २०८१

वि.सं. २०७७ सालमा ५२ शनिबार सहित ६७ दिन राष्ट्रिय बिदा

काठमाडौं चैत १९, नेपाल सरकारले आसन्न विक्रम संवत् २०७७ साल बैशाख १ गतेदेखि २०७७ चैत्रमसान्तसम्म एक वर्ष भरिमा सबै सरकारी कार्यालयहरुको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवम् सट्टा विदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको छ ।

यस्तो छ राजपत्रमा प्रकाशित विदा सूची : 

 मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै २०७७ सालका बिदा सूची  सार्वजनिक गरेको हो । प्रकाशित सूचीमा २०७७ सालमा ५२ शनिबार अन्य १५ दिन देशव्यापी बिदा हुने उल्लेख गरिएको छ ।  त्यस्तै  विभिन्न धर्मावलम्बीहरुले मनाउने चाडमा सम्बन्धित धर्माबलम्बीलाई मात्र बिदा दिने निर्णय संगै राष्ट्रिय पर्वमा दसैँ र तिहार बाहेक ४ दिन मात्र बिदा हुने उल्लेख गरिएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।