शुक्रबार, चैत्र १६, २०८०

विश्वव्यापी कोभिड -१९ को संक्रमितको संख्या १० लाख ९७ हजार नाघ्यो

मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो 

काठमाडौं चैत २२ विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्यामा रफ्तारमा बढ्ने क्रम शुरु भएको छ । आजको पछिल्ले डेटा अनुसार कोभिड संक्रमिततको सख्या १० लाख ९७ हजार नाघेको छ । त्यस्तै  मृत्यु हुनेका संख्या पनि अहिलेसम्म ५९ हजार १ सय नाघेको छ । त्यस्तै दुई लाख २८ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

यसवीचमा अमेरिकामा मात्रै संक्रमितको संख्या २ लाख ७७ हजार नाघेको छ भने ७ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै इटलीमा पनि संक्रमितको संख्या १ लाख १९ हजार नाघेको छ । त्यस्तै १४ हजार ६ सय ८१ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै स्पेनमा संक्रमित सख्या १ लाख १९ हजार नाघेको छ भने १२ हजार २ सय जनाको मृत्यु भइसकेको छ । फ्रान्समा संक्रमितको संख्या ६४ हजार नाघेको छ भने मृत्यु हेनको संख्या ६ हजार ५ सय ७ पुगेको छ । इरानमा संक्रमितको संख्या ५३ हजार १ सयभन्दा बढी पुगेको छ भने ३ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ । जर्मनीमा संक्रमितको संख्या ९१ हजार नाघेको छ भने करिब एक हजार २ सय ७५ जनाको मृत्यु भएको छ ।

दक्षिण एसियाली राष्ट्रहरुमा समेत संक्रमितको संख्या बढ्दो छ । पाकिस्तानमा संक्रमितको संख्या २ हजार ६ सय नाघेको छ भने ४० जनाले ज्यान गुमाएका छन् । भारतमा कोरोना संक्रमितको संख्या दुई हजार ५ सय ६७ पुगेका छन् भने ७२ जनाले ज्यान गुमाएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।