शुक्रबार, चैत्र १६, २०८०

विराटनगरको कोशी अस्पतालमा संक्रमितमध्ये सबैभन्दा धेरैको उपचार हुँदै : प्रवक्ता देवकोटा

देशभर ‘पीसीआर’ र ‘आरडीटी’ प्रविधिबाट कुल ५८ हजार ९७१ जनाको स्वास्थ्य परीक्षण

काठमाडौं बैशाख १८ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको मिडिया व्रिफिङ्गमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म देशभर ‘पीसीआर’प्रविधिबाट १२ हजार ११ जनाको र ४६ हजार ८६० जनाको ‘आरडीटी’ परीक्षण समेत गरि कुल ५८ हजार ९७१ जनाको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिनु भएको छ । त्यस्तै उहाँले पछिल्लो २४ घण्टामा करिब १७ सय वटा नमूना परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको जानकारी दिनु भएको छ ।

त्यस्तै गरि हालसम्म नेपालमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ जना निको भई घर फर्किसकेको जानकारी दिदै संक्रमितमध्ये सबैभन्दा धेरै विराटनगरको कोशी अस्पतालमा ३१ जना , वीरगञ्जमा ८ र भरतपुर तथा कैलालीमा १—१ जना उपचाररत रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनु भएको छ । डा. देवकोटाले देशभर २३ हजार ३३६ जना सरकारले तोकेको क्वारेन्टाइन र ८० जना ‘आइसोलेसन’कक्षमा रहेको बताए ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.18#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Donnerstag, 30. April 2020

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।