शुक्रबार, बैशाख १४, २०८१

ललितपुरस्थित वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको महास्नान सम्पन्न (फोटो फिचर)

  • अनुप प्रधान

ललितपुर चैत २८, प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित उनकी आमा यक्षरानी मायादेवीको मन्दिरमा लगेर महास्नान गर्ने परम्परा अनुरुप ललितपुरस्थित रातो मच्छिन्द्रनाथको महास्नान विहिवार अपराह्न सम्पन्न भएको छ । वर्षा र सहकालका देवता मच्छिन्द्रनाथलाई उपत्यकामा रहेको “मनोहरा तीर्थ, शिलु तीर्थ, गंगा तीर्थ, विष्णुमती तीर्थ र सपन तीर्थबाट ल्याइएको जलबाट महास्नान गराउने परम्परा रहदै आएको छ ।

महास्नानको क्रममा चाँदीको गाग्रीमा ती ५ वटै तिर्थको जल पानी, गाईको दूध र विभिन्न प्रकारका फूल मिसाएर महास्नान गर्ने परम्परा रहेको स्थानीय जात्रा सम्वद्ध गुठियारले जानकारी दिएका छन ।

यद्यपी बढ्दो कोभिड -१९ संक्रमणको जोखिम र मुलुकमा जारी लकडाउन आदेशका कारण यसपटक उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा मनाइने मच्छिन्द्रनाथको रथ यात्रा भने औपचारिक रुपमा मात्र सम्पन्न गर्ने तयारी रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।