शुक्रबार, बैशाख १४, २०८१

लकडाउनमा थप कडाई संगै क्षेत्रगतरुपमा कर्फ्यु आदेश घोषणा गर्नुपर्ने विज्ञको सझाव

काठमाडौं चैत २३ , कोरोना भाइरसको विश्वव्यापी संक्रणको बढ्दो जोखिमस।गै सरकारले लकडाउनलाई थप कडा बनाएको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अब एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो । शनिबार एकैपटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले लकडाउनलाई थप कडाइको निति अख्तियार गरेको हो ।

सरकारले पहिलो चरणमा चैत ११ देखि १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थिये । तर पछि यसको जोखिम बढ्ने थप संभावना रहेको बताउँदै यसअघि नै चैत २५ गतेसम्मका लागि लकडाउन लम्ब्याइसकेको छ ।

यसैवीच विज्ञहरुका अनुसार अव लकडाउन मात्र नभएर क्षेत्रगतरुपमा कर्फ्युको नै घोषणा गर्नु पर्ने आवश्यकता औल्याएका छन । शनिबार मात्रै भारतबाट आएका दुई जनामा कोरोना भाइरस पोजेटिभ देखेसंगै अहिले चौतफीरुपमा थप सन्त्रासको वातावरण देखिएको छ । भारतबाट लाखौं नेपाली सुदूरपश्चिममा आएका छन । उनीहरुमा पनि संक्रमणको संभावना रहेका कारण सरकारले वेलैमा ध्यान पुर्याउन आवश्यक रहेको ती विज्ञले बताए ।

त्यसोत सरकारले जारी लकडाउन आदेशलाइ थप कडाइको निर्णय भन्दा पनि यसको कार्यान्वयनमा पनि छिमेकी देश भारतमा जस्तै लकडाउनको उल्लंघन गर्नेलाई कडाभन्दा कडा कारबाही गनुपर्नेमा तमाम नेपालीको अभिमत प्रकट गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।