शनिबार, बैशाख ८, २०८१

लकडाउनको समयसिमा थप एक साता थप्न सिफारिस

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं चैत २४ , सरकारले लकडाउनको समय थप एक साता थप्ने भएको छ । कोरोना रोकथाम उच्चस्तरीय समितिको आज बसेको बैठकले कोभिड १९को संक्रमण रोक्न दुई सातादेखि जारी लकडाउनको समय सिमा बढाउदै थप एक साता थप्ने निर्णय गरको छ ।

त्यस्तै बैठकले एकैपटक लामो समयसम्म समय थप गर्नुभन्दा पनि साताव्यापी रुपमा लकडाउनको समय थप गर्ने निती अनुरुप थप एक् साता म्याद थप गर्नका लागि सरकारलाई सिफारिस गरेको बताइएको छ ।समितिको निर्णयलाई आज     प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नेछ ।

यसअघि शनिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशबाट प्रदेश, जिल्लाबाट जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवागमनमा समेत कडाई गर्ने निर्णय गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।