शुक्रबार, चैत्र १६, २०८०

लकडाउनको बन्दाबन्दी समय सार्वजनिक बिदामा रुपान्तरण

काठमाडौ बैशाख १५ ,कोभिड संक्रमण जोखिमका कारण सरकारले राजपत्रमा सूचना जारी गर्दैे लकडाउनको अवधि सार्वजनिक बिदामा रुपान्त्रण हुने भएको छ । दिने भएको छ ।

राजपत्रमा जारी सूचनामा सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गत चैत ९ गते र तत्पश्चात विभिन्न मितिमा गरिएको समयमा गरिएको लकडाउनको समयलाई सार्वजनिक बिदा रुपान्तरण गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै मिति २०७६ चैत ९ गते र तत्पश्चात विभिन्न मितिमा जारी गरेको आदेश बमोजिम सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले बिदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाई आएका तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने निर्णय गर्नुपर्ने नेपाल सरकारका सचिव महेश्वर न्यौपानेले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।