बिहिबार, चैत्र १५, २०८०

रेञ्जर रेजिमेन्ट सिसिएमसि युनिटलाइ पीपीई बुथ

  • अनुप प्रधान

काठमाडौं बैशाख ५,  विश्वव्यवापी कोभिड १९को महामारीको उपचारका लागि काठमाडौं निर्वाचन क्षेत्र नं-८ का सांसद जिवन राम श्रेष्ठले आज कोभिड संक्रमितको स्वाब परीक्षणको क्रममा हुन सक्ने जोखिम न्यूनिकरणका लागि प्रयोग हुने पीपीई बुथ रेञ्जर रेजिमेन्ट छाउनीलाई पिपिई बुथ हस्तान्तरण गरेको छ । नेपाटप अर्गनाईजेनद्वारा निर्मित उक्त बुथ रेञ्जर रजिमेन्टका कर्णेल राजेश बिक्रम शाहिलाक्ष् हस्तान्तरण गरिएको हो। त्यसअवसरमा रेञ्जर रेिजमेन्ट छाउनीको तर्फबाट विषम अवस्थामा उपचार उद्धारको क्रममा अपनाइनुपर्ने सावधानीको प्रयोगात्मक अभ्यास समेत प्रस्तुत गरेका थिए । पीपीई बुथ हस्तान्तरण तथा सिसिएमसि निरिक्षणमा कामपा वडा न.१५ वडाध्यक्ष, नेपाटप अर्गनाईजेशनका प्रोडक्शन म्यानेजर नविन्द्रमान सिं लगायतको  उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।