बिहिबार, बैशाख १३, २०८१

राष्ट्रपतिद्वारा यसअघि जारी दुई अध्यादेश खारेज

काठमाडौं बैशाख १२ , राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा गत बैशाख ८ गते जारी गर्नु भएको दुई अध्यादेश खारेज गर्नुभएको छ । नेपालको संविधानबमोजिम ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि (पहिलो संशोधन) र राजनीतिक दलसम्बन्धी(दोस्रो संशोधन) अध्यादेश, २०७७ खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आजको मन्त्रिपरिषद् बैठकले जारी दुवै राजनीतिक दलसम्बन्धी र संवैधानिक फिर्ता लिने निर्णय गरेसंगै राष्ट्रपतिले शुक्रबार दिउँसो दुबै अध्यादेश खारेज गरेको हो

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।