शुक्रबार, चैत्र १६, २०८०

-यापिड टेस्टको क्रममा काभ्रेका दुई र धादिङका एक पुरुषमा संक्रमण पोजिटिभ ,स्वाब परिक्षण हुदै

काठमाडौं बैशाख २ , काभ्रेका दुई जनामा ९यापिड डायग्नोस्टिक टेस्ट आरडीटी परीक्षण गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । बेथान्चोक गाउँपालिकाका २८ बर्षिय र मण्डनदेउपुरका २३ बर्षिय पुरुषमा आरडीटी परीक्षण पोजिटिभ देखिएको हो । उनिहरुमध्ये एकजना भारत र एक जना दुवईवाट फर्केको थाहा भएको छ ।

दुबैको स्वाव परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको छ । स्वाब परीक्षणपछि मात्रै कोरोना संक्रमण भए नभएको पुष्टि हुने बताउँदै तत्काललाइ दुबैजनाका परिवारलाई क्वारेन्टिनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

त्यस्तै धादिङको ज्वालामुखी गाँउपालिकास्थित स्वास्थ्य केन्द्रमा एक २७ वर्षीय युवकको पनि आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ पाइएको छ । प्राप्त जानकारी अनुसार गत फागुन २० गते दक्षिण कोरियाबाट नेपाल फर्किएका ती पुरुषको पनि स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थाहा भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।