बिहिबार, बैशाख १३, २०८१

यस्तो थियो राजधानीको जडीबुटीमा जिल्ला जानेको लर्को [हेर्नुस १६ फोटो]

-अनुप प्रधान-

काठमाडौं बैशाख १०, कोभिड संक्रमणका कारण मुलुकमा जारी बन्दाबन्दी आदेशका कारण सबै मानिस घरमै छन् । एकातर्फ घरबाहिर निस्के कोरोना संक्रमण हुनसक्ने त्रास अर्को तर्फ लकडान आदेशका कारण दैनिक गुजारा गर्न समेत  असहज भएका नागरिक विचल्लीमा परेको छ ।

यसअघि भएको सरसामाग्रीबाट चुलो त बलेको थियो तर पछिल्लो समय लकडाउन लम्विदै गएपछि चुलो समेत बल्न नसक्दा नागरिक आआफ्नो गृहनगर फर्किन संभवभएसम्का विकल्पको खोजी गर्दै भौंतारिदै पैदलै हिँडेको खबर पाएपछि ओखलढुंगा, रामेछाप, दोलखा लगायतका स्थानीय निकायले आफ्ना नागरिकको बिजोग देखेर गाउँ फर्कन विभिन्न जिल्लाका गाउँपालिकाले जडीबुटीसम्म सवारी–साधनको व्यवस्था गरिदिएपछि उनीहरु यहाँ यसरी भेला भएका हुन् ।

राजधानीको जडीबुटीको दृष्यलाइ हेर्ने हो भने प्रसंग आफैमा घाम जस्तै छर्लङ्ग बुझ्न र देख्न सकिन्छ । यद्यपि, पछिल्ला दिनमा रोकिएको ठाउँमा बस्न नसक्नेका लागि कहीँ प्रहरीले खाली ट्रकहरुमा चढाएर र त कहीँ स्थानीय निकायहरुले उद्धार गरेर लैजान थालेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।