बुधबार, बैशाख ५, २०८१

यस्तो छ सर्वोच्चद्वारा देशैभरकाअदालतलाई दिएको २४ बुँदे निर्देशन

काठमाडौँ बैशाख २, सर्वोच्च अदालतले कोरोना संक्रमणको जोखिम प्रति सावधानी अपनाउँदै देशैभरका अदालतलाई २४ बुँदे निर्देशन जारी गरेको छ । जारी निर्देशनमा सर्वोच्चले अदालतले रुघाखोकी, ज्वरो वा कुनै संक्रामक रोगका लक्षण देखिएका वा त्यस प्रकारको शंका गर्नुपर्ने अवस्थामा कसैलाई पनि अदालत भित्र प्रवेश नगराउन निर्देशन जारी गरेको छ ।

साथै जारी निर्देशनमा संयुक्त इजलासमा बस्ने न्यायाधीशहरु बीचको दुरी एकमिटर भन्दा बढी कायम राख्नुपर्ने र अदालतका सवै सरोकारवाला मानिसहरुबीचको दूरी कम्तिमा एक मिटर कायम गर्नुपर्ने अदालतले इन्टरनेटबाट गर्न सकिने कामहरू आफू रहेको ठाउँबाटै गर्ने कार्यलाई निरन्तरता दिन र कानून व्यवसायीले स्वयं इजलासमा उपस्थित नभई ईमेल वा सम्भव भए भिडियो कन्फरेन्सका माध्यमबाट पनि वहस गर्नसक्ने प्रवन्ध मिलाउन निर्देशनमा भनिएको छ ।

अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले जारी गर्नुभएको निर्देशनमा कोभिड १९ को महामारीको विशेष अवस्था भएकाले जीवनको सुरक्षाप्रति विशेष संवेदनशीलता अपनाई विवेक र बुद्धिमत्ताको प्रयोग गर्न आफ्नो, सहकर्मी, सेवाग्राहीको हित र स्वास्थ्य सुरक्षाप्रति संवेदनशीलता अपाउन आग्रह गर्दै पक्राउ पुर्जीको समर्थन, म्याद थप कार्य अदालत खुलेको पहिलो समय बिहान ११ बजेअघि वा बेलुकी ३÷४ बजेपछिको समयमा गर्ने गरी व्यवस्था मिलाउनुपर्ने र चारजना वा सोभन्दा बढी न्यायाधीश भएको जिल्ला र उच्च अदालतमा पालोपालो गरी एक दिनमा बढीमा ५० प्रतिशत न्यायाधीश र सोहीअनुसार न्यूनतम सङ्ख्यामा कर्मचारी उपस्थित रहने व्यवस्था मिलाउन भनिएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031