बुधबार, बैशाख १२, २०८१

यस्तो छ कोभिड संक्रमणको उपचार र उद्धारको लागि सेनाको रेञ्जर गणको तयारी (फोटो फिचर)

  • अनुप प्रधान

काठमाडौं बैशाख ५ , विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड -१९को संक्रमण नेपालमा पनि प्रवेश गरिसकेको छ । हालसम्म नेपालमा १६ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन्, जसमध्ये एक जना निको भइसकेका छन् ।

शुक्रवार साझ नेपालमा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ। उदयपुरमा १६ जनाको स्वाब परीक्षण गरिएकोमा १२ जना र चितवनमा दुई जनामा संक्रमण देखिएसंगै संक्रमितको सख्या ३० पुगेको छ । पछिल्लो अपडेट 

तथापी सरकारले संक्रमण फैलिन नपाओस भन्दै गत चैत् ११ गते देखिनै बैशाख १५ गते सम्मका लागि देशमा बन्दाबन्दी आदेश जारी गरेको छ ।  यसवीचमा कोभिड –१९ को परीक्षणको दायरा फराकिलो बनाउनुको अलावा सम्भावित जोखिमको सामाना गर्न पूर्व तयारी स्वरुप विभिन्न तयारी हुँदैछ ।

यसैक्रममा नेपाली सेनाले पनि कोभिड १९को महामारी यसबाट सिर्जना हुने जोखिम न्यूनिकरणका लागि तयारी गरिरहेको छ ।  आफ्नो तयारीबारे नेपाली सेनाको रेञ्जर गणले शुक्रबार छाउनीमा विषम अवस्थामा उपचार उद्धारको क्रममा अपनाइनुपर्ने सावधानीको प्रयोगात्मक अभ्यास    सहितको  जानकारी दिएको छ ।

जसमा संक्रमितको सम्पर्कमा आएपछि अपनाइने सावधानीका उपाय, डिस्इन्फेक्सनको तरिका, शवको व्यवस्थापन लगायतका विषयमा जानकारी दिइएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।