शुक्रबार, चैत्र १६, २०८०

यसरी भयो प्रम तथा म.प. कार्यालयको फेसबूक पेज डेलिट

 काठमाडौं चैत २८, कोभिड–१९ संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरीय समितिले बिहीबार गरेको निर्णय सार्वजनिक गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको फेसबूकको ‘भेरिफाइड’ पेजनै डेलिट गरिएका छ ।

समितिको विहिवार बसेको बैठकले मुलुकमा जारी लकडाउन आदेशका कारण उपत्यका रोकिएका नागरिकलाइ शुक्रवार र शनिवार उपत्यका बाहिर जाने दिने भन्दै गरेको निर्णय भएको सूचना सार्वजनिक गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको फेसबूक पेज डेलिट गर्दै समितिको बैठकबाट त्यस्तो कुनै निर्णय नभएको भन्ने अभिव्यक्ति सहितका विज्ञप्ति समितिका संयोजक एवम रक्षा मन्त्री इश्वर पोखरेल र पछि गृहमन्त्रालयको तर्फबाट विज्ञप्ति जारी भएको  थियो ।स्मरणीय त के छ. भने यसवीचमा सञ्चारमाध्यम र  बहुसख्यक सामाजीसञ्जाल प्रयोग कर्ताले समितिको तर्फबाट भएको   पहिलो निर्णय अपडेटको स्क्रिनसट लिइसकेको अवस्था थियो ।

तर पछि सञ्चारमाध्यमलाइ दोष थुपार्दै गलत समाचार प्रवाह गरेको भन्ने अभिव्यक्ति सार्वजनिक भएसंगै यसअघिको सरकारी निर्णयको सामाजीक सञ्जालमा भाइरल नै बनेको थियो ।  ज्ञात रहोस, सरकारी निर्णयमा समितिको तर्फबाट जारी सूचनामा बिहीबार अपराह्न बसेको समितिको बैठकले शुक्रबार र शनिबार दुई दिन उपत्यकामा रहेका बासिन्दाहरूलाई बाहिरिने मार्ग खोल्ने निर्णय गरेको उल्लेख गरेको थियो ।

तर चौतर्फचौतर्फी आलोचनापछि करिव एकाघ घण्टापछि उच्चस्तरीय समितिका संयोजक तथा रक्षामन्त्री ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै   मिडियामा आएका सूचना फेक भएको  जिकिर सहितको विज्ञप्ति जारी गर्नु भएको थियो । त्यससवीचमा सूचना सार्वजनिक गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ओपिएमसिएमएनपी’ युजर नेम रहेको पेज र सूचना समेत डेलिट गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।