शनिबार, बैशाख ८, २०८१

म.प. बैठक: लकडाउनमा थप कडाइ ,अव प्रदेश,जिल्ला वा स्थानीय तहबाट अर्कोमा जान नपाइने

तस्वीरः प्रधानमन्त्रीको सचिवालय ।

काठमाडौं, चैत २२ सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकले कोभिड -१९संक्रमणको पछिल्लो अवस्थालाई दृष्टिगत गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को तहमा हुने आवागमनलाई नियन्त्रण गर्ने निर्णय गरेको छ ।

त्यस्तै प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको बैठकले कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा कोरोनाको परीक्षणलाई तीव्रता दिने निर्णय संगै उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षा उपकरण छिटो उपलब्ध गराउने र उपचारमा खटिने स्वास्थ्यकर्मीको सुरक्षामा दख्खल पुर्‍याउने जोसुकैलाई प्रचलित कानुनअनुसार कारबाही गर्न प्रदेश र स्थानीय तहका सरकारलाई निर्देशन दिएको छ ।

त्यस्तै  आज बसेको बैठकले जारी लकडाउन आदेशको अवधि बढाउने वा के गर्ने भन्ने विषयमा अर्को बैठकले निर्णय  गर्ने सरकार प्रवक्ता वक्ता डा. युवराज खतिवडाले जानकारी दिनु भएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।