बिहिबार, चैत्र १५, २०८०

महासंघ मुख्यालयमा कोभिड- १९ विरुद्ध फ्रन्टलाइनमा क्रियाशील व्यक्तित्वको सम्मानमा ताली

काठमाडौ बैशाख १ , विश्वव्यापी कोभिड १९को उच्च जोखिमकावीच पनि फ्रन्टलाइनमा रहेर जनताको  सूचना र समाचारको अधिकारलाइ अक्षुण्ण राख्दै आफनो पेशागत क्षेत्रमा क्रियाशील सञ्चारकर्मी त्यस्तै स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायत सबै प्रकारका राष्ट्रसेवक संगै लकडाउन जस्तो विषम आदेशको कार्यान्वयनमा सहयोग गर्नुहुने आमनागरिकको योगदानको सम्मानमा आज राष्ट्रिय गानको साथै एक मिनेट ताली बजाइएको छ ।

प्रधानमन्त्री केपी ओलीले आइतवार साँझ आफ्नो सामाजीक सञ्जालबाट गर्नु भएको आग्रह अनुरुप पत्रकार महासंघको मुख्यालयमा मुलकमा देखिएको कोभिड १९को उच्च जोखिम सहितको संकटको घडिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा कर्मचारीले आफ्नो ज्यान,परिवारको पर्वाह नगरी देश र जनताको कल्याणकालागि महत्वपूर्ण जिम्मेवारी वहन गर्दै विषम परिस्थितीको रोकथामका लागि गर्दै आउनुभएको योगदानको सम्मानमा सामुहिक राष्ट्रिय सहित ताली बजाउनु भएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चाय, प्रेस काउन्सिल नेपालका काबाअध्यक्ष किशोर श्रेष्ठ, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल, पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगर, महासचिव रमेश विष्ट, सचिवद्दय प्रकाश थापा, रामप्रसाद दाहाल र कोषाध्यक्ष राजेश मिश्र, त्यस्तैगरि केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, गोविन्द चौलागाइँ , काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषाल र फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्की लगायतका सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।