शुक्रबार, बैशाख ७, २०८१

महानगरले तोक्यो राजधानीको ११ स्थानमा तरकारी तथा दैनिक उपभोग्य सामाग्री को वैकल्पिक बजार

काठमाडौ चैत २५ , काठमाडौं महानगरले मुलकमा कोभिड -१९ को संक्रमण फैलिन नदिन सरकारको  तर्फबाट जारी भएको तेस्रो चरणको लकडाउन आदेशको क्रममा तरकारी लगायत दैनिक उपभोग्य सामाग्री खरिद विक्रीका लागि निश्चित क्षेत्रको पहिचान गर्दै राजधानीको ११ स्थानमा वैकल्पिक तरकारी बजार व्यवस्थापन गरको छ ।

काठमाडौं सिडियो जनकराज दाहालको अध्यक्षतामा सोमवार बसेको बैठकले फलफूल तथा तरकारी बजार व्यवस्थापनका लागि नितिगत निर्ण भएको जनाउँदै महानगरले यसरी व्यवस्थापन गरेको बजार मध्ये कलङ्की चोक, बाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गङ्गबु चोक, वसुन्धरा चोक, गोपीकृष्ण हल चोक, तीनकुने चोक, लैनचौर, रत्नपार्क र कोटेश्वरचोक रहेको जनाएको छ । त्यस्तै प्रस्तावित वजारमा तरकारी लगायतका दैनिक उपभोग्य समाग्री खरिद विक्री गर्दा सुरक्षाका उपाय सहित सामाजिक दूरी कायम गर्ने भनेको छ ।

त्यसैगरी बैठकले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूल नेपाल भित्रिँदा उक्त तरकारी तथा फलफूलसँग भारतीय नागरिक पनि नेपाल प्रवेश गर्ने हुँदा कोरोनाको सङ्क्रमण फैलन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै व्यवसायीलाइ भारतबाट फलफूल तथा तरकारी तत्कालालाइ आयात गर्नमा रोक लगाउने योजना रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031