शुक्रबार, चैत्र १६, २०८०

महानगरका भित्री शहरका वडाको हालत त यस्तो छ भने ! दुरदराजको अवस्था के होला ?

सामाजीक अभियन्तालाइ प्रश्न – कोभिड संक्रमण रोक्ने अहिलेको एक मात्र विकल्प – सामाजीक दुरी र सावधानी सहितको चेतनाको प्रवाह गर्ने कि सडक मार्गमा अवरोध सिर्जना ?

श्रीजन झा /काठमाडौं बैशाख ६ ,  कोभिड- १९ संक्रमणको बढ्दो जोखिम संगै जारी लकडाउनका कारण नागरिकको जनजीवन प्रताडित बनेको यर्थाथ कोहि कसैको सामु लुकेको अवस्था छैन । यसवीचमा नागरिकको दैनिक जीवन कष्टकरमात्र होइन अस्त व्यस्तनै भएको छ । यत्र ,तत्र,सर्वत्र कोभिडको सन्त्रास देखिएको छ ।  कोभिड संक्रमणको जोखिमकै कारण विश्वको प्राय सबै देशहरु यतिबेला लकडाउनमा छ । नेपालमा पनि जारी लकडाउन आदेशको समयसिमा पनि लम्बिएको अवस्था छ।

विश्ववयापी कोभिड संक्रमणबाट जोगिन सामाजिक दुरी सहित लकडाउन आफैमा प्रभावकारी एवम अन्तिम विकल्प भएकै कारण प्रत्येक मुलकले आ-आफ्नो मुलकमा लकडाउनको बाध्यकारी आदेश जारी गरेको हो । यो आदेश कुनै राज्य सत्ता परिवर्तनको लागि नभइ राज्यले आफ्ना नागरिकलाइ संक्रमणको जोखिमबाट जोगाउन मात्रैकै लागि जारी गरेको हो । यसवीचमा दैनिक रोजीरोटीका लागि रोजगारी र जीवनयापन गर्नुपर्ने वाध्यता वोकेका तमाम नागरिक संगै प्राय सवै तह र तप्काका नागरिक प्रभावित नभएको होइन । तर बाध्यता मुलुकको वर्वादी रोज्ने कि सुरक्षा यो अहम सवाल आज तमाम नेपाली विच यक्ष प्रश्नको रुपमा खडा भएको छ ।

त्यस्तै यसवीचमा प्रस्तुत यक्ष प्रश्नको साथ साथै लकडाउको  नाममा सडकको मुख्य बाटो, चोक चौराह , सडक बन्द गर्ने प्रचलन बढ्दै गएको छ । कोहि अपरिचित व्यक्ति आफ्नो आधार इलाका गाउ,ठाउ, चोक , चौराह मुख्य तथा सहायक सडक बाटोमा प्रवेश नगरोस , संक्रमण नफैलियोस भन्दै सावधानी अपनाइनु आफैमा उत्तम पक्ष मात्र होइन विकसित चेतनाको उच्चतम पराकाष्ठा पनि हो ।  तर यसको लागि अवरोधको मार्ग अख्तियार गर्नु भन्दा पनि सावधानी सहित अन्य विकलपको पनि पहिचान गर्न सकिन्छ ।

अर्को तर्फ सरकारले चैत महिनामा विदेशबाट नेपाल भित्रिएकाहरुको सङ्ख्या एकिन गर्दै कोरोनाको नमुना परीक्षण गरिरहेको छ । यसरी सरकार एकपछि अर्को प्रकृयामा रहेको अवस्थामा दुर दराजकोको प्रसंगलाइ थाँती राख्दै संघीय राजधानीको केन्द्रविन्दु काठमाडौं महानगर अन्र्तगतका विभिन्न वडाका सामाजीक संस्थामा क्रियाशील सचेत नागरिक र संघसंस्थाका समाजीक अभियन्ताको अगुवाइमा यस किसिमको कामकारवाही भइरहेका छन ।

 सामाजीक संस्थाका अभियन्ता र स्थानीय सचेत नागरिकले कोभिड संक्रमणको जोखिम न्यूनिकरणको लागि सामाजिक दुरी कायम गर्ने, साबुन पानिले हात धुने समूहमा बस्न रोक लगाउने जस्ता नितिगत सामाजीक सन्देश प्रवाह गर्नु पर्नेमा सडक, कच्ची तथा सहायक र मुख्य सडक मार्गमा अवरोध सिर्जना गर्ने कार्यलाइ प्रशय दिने हो भने कोभिड संक्रमण्को मात्र नभइ अन्य प्रकृतिका थप समस्या सिर्जना हुने प्रवल संभावना रहन्छ ।

विहिवार मात्रै गोरखा र धादिङ्ग जोड्ने बुङकोटघाटमा बुढीगण्डकी नदी माथीको झोलुङ्गे पुलमा तारजालीले आवागमन बन्द गर्दा धादिङ ज्वालामुखी गाउँपालिका–५ का होमबहादुर रानाको पुलबाट खसेर ज्यान गएको छ । हो यी र यस्तै मननीय यथार्थलाइ दृष्टिगत गर्दै बाटो रोक्ने तौर तरिकालाइ किमार्थ तर्क संगत मान्न सकिन्न । कोभिड संक्रमण रोक्ने अहिलेको एक मात्र विकल्प भनेको सामाजीक दुरी सावधानी सहितको चेतना प्रवाह हो भन्ने बुझ्नु आवश्यक रहन्छ । लकडाउनको नाममा गरिने कुनैपनि अशोभनीय र अमानविय हर्कतले कोरोना विरुद्धको लडाइमा सफलता मिल्दैन उल्टै दुर्घटना निम्त्याउछ । तसर्थ प्रशासनले पनि यस्ता अमानवीय कार्यलाई कडाइका साथ तत्काल बन्द गर्नुपर्छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।