बुधबार, बैशाख १२, २०८१

मन्त्रीपरिषद बैठक बस्दै, जारी लकडाउन आदेश थप एक साता जारी रहने

काठमाडौं बैशाख २, सरकारले एकाध साताको अन्तरमा कोभिड संक्रमणको सख्यामा बढेसंगै चैत्र ११ गते देखि जारी लकडाउन आदेशलाइ थप एक साता लम्ब्याउने भएको छ ।
अहिले बिहान ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको समयावधि बढाउने तयारी गरेको थाहा भएको छ । सरकारले यसअघि थप गरेको लकडाउन आदेशको समयसिमा भोली बुधबारबाट सकिँदैछ ।

यद्यपी यसवीचमा मुलुकमा कोभिड सङ्क्रमितको संख्या १४ पुगेको छ । पछिल्लो ९ दिनसम्म नयाँ सङ्क्रमित फेला नपरेकामा आइतबार एकैदिन ३ जना र सोमबार दुई जना नयाँ सङ्क्रमित थपिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।