बिहिबार, चैत्र १५, २०८०

मन्त्रिपरिषद बैठक : लकडाउन आदेश बैशाख ३ सम्म लम्ब्याउने निर्णय

तस्वीरः प्रधानमन्त्रीको सचिवालय ।

काठमाडौ चैत २४,  विश्वव्यापी कोभिड १९ को संक्रमण नफैलियोस भन्दै सरकारले जारी गरेको लकडाउनको आदेश लाइ पुन एकसाता जारी राख्ने निर्णय गरेको छ ।

केहीबेरेअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफरिस अनुरुप जारी रहेको   लकडाउनको अवधि  थप  ८ दिन अर्थात बैशाख ३ राति १२ बजेसम्मका लागि   बढाउने निर्णय गरेको हो । त्यस्तै अन्तरराष्ट्रिय सीमा-नाका पनि सोहि मुताविक बन्द गर्ने निर्णय गरेको छ ।

यसअघि सरकारले गत सरकारले पहिलोपल्ट चैत ११ गतेदेखि १८ गतेसम्मका लागि लकडाउन गरेको थियो । त्यस्तै कोरोना जोखिम थप नहोस् भन्नका लागि सरकारले पुनः गत चैत १६ गतेबाट २५ गतेसम्म दोस्रोपटक लकडाउनको अवधि थप सात दिन लम्ब्याएको   थियो । जुन  अवधि मंगलवार पूरा हुँदैछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।