शुक्रबार, चैत्र १६, २०८०

मधेशवादी दल राजपा नेपाल र समाजवादी पार्टीबीच एकाकार, प्रधानमन्त्रीले पार्टी पद्धतीलाई कमजोर बनाउन खोजेको आरोप

काठमाडौं बैशाख ११ , प्रधानमन्त्री केपी ओलीले सत्ता र शक्तिको उन्मादमा लोकतन्त्र, पार्टी पद्धतीलाई कमजोर बनाएर एकदलीय व्यवस्था लाद्न खोजेको नेताहरुले बताएका छन बुधवार मध्यराती राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकाकार हुँदै नयाँ अस्तिवमा आएको जनता समाजवादी नेपाल नामक पार्टी गठन गर्दै पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका नेताहरुले यस्तो अभिव्यक्ति दिएका हुन । दल दर्ताका लागि राजेन्द्र महतो, उपेन्द्र यादव, सरदसिंह भण्डारी, राजेन्द्र श्रेष्ठलगायतका नेताहरु आज निर्वाचन आयोग पुगेको हो ।

स्मरणीय विषय त प्रम ओलीले अध्यादेश मार्फत दल विभाजनको मार्ग प्रशस्त गर्दै गर्दा राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच भने एकता भएको छ ।त्यस्तै निर्वाचन आयोग परिसरमा नेताहरुले सरकारले जारी गरेको अध्यादेश तत्काल फिर्ता लिई संसद बैठक बोलाउन माग समेत गरेका छन । त्यस्तै नवगठित पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको र चुनाव चिह्न राजपा नेपालले प्रयोग गर्दै आएको कायम गरिएको जानकारी सहित पार्टीको वरीयता क्रममा महन्थ ठाकुर पहिलो, डा.बाबुराम भट्टराई दोस्रो र उपेन्द्र यादवलाई तेस्रो सिट कायम गरिएको बताएका छन ।

यसवीचमा राजपा समाजवादीवीचको एकाकारको चर्चा अन्तिम निष्कर्षमा पुग्दै गर्दा समाजवादी पार्टीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्वमा सांसदशरु महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङले दल विभाज अध्यादेश अनुरुप नयाँ पार्टी गठन गर्ने तयारी गरेसंगै बुधवार मध्यरातमा राजपा समाजवादी वीच एकाकार भएको  समाचार स्रोतले जनाएको छ ।

यदि यसवीचमा दुइपार्टी वीच एकाकार नभएको भए  संसदीय दलको ४० प्रतिशत दावी गर्दै रेणे यादवले नयाँ हर्कत गर्ने तयारी गरेको थाहाभएसंगै सत्तारुढ दलको साथ पाएका रेणु यादवले चालको कदमलाइ असफल तुल्याउँदै जनता समाजवादी नेपाल नामको दल आज आयोगमा दर्ता गराईएको  जनाउँदै  समाचार स्रोतले रेणु यादवले   दल दर्ता गर्ने नैतिक अधिकार गुमेपछि सत्तारुढदलले  नेकपामा स्वागत गर्नेसम्मको   तयारी गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।