बिहिबार, बैशाख १३, २०८१

भुल्के क्षेत्रमा थप ८ जनामा कोरोना संक्रमण देखिएसंगै ,थप परीक्षणका लागि धरान पठाइयो

काठमाडौं बैशाख ९,  मुस्लिम समुदायको बाहुल्यता रहेको त्रियुगा नगरपालिका–३ भुल्के मस्जिद र र आसपासका क्षेत्रमा थप ८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परक्षणको क्रममा कोरोना संक्रमण पोजेटिभ आएपछि उनीहरुलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षणका लागि पठाएको छ ।

भुल्के क्षेत्रमा पछिल्लो समय सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएसंगै स्थानीयको माग अनुरुप आसपासका क्षेत्रबाट समेत ठूलो संख्यामा स्वाब संकलन गरी परीक्षण शुरु गरिएको जनाउद्यै यसअघि त्यहाँ १२ जना भारतीय र चारजना नेपाली नागरिकको स्वाप परिक्षण गरिदा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पुष्टि भएकाहरुमा ११ जना भारतीय र २ जना नेपाली रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।