मङ्लबार, बैशाख ११, २०८१

भारतमा आगामी वैशाख २१ गतेसम्म लकडाउन थपको घोषणा, ,सात सूत्रीय नियमको कार्यान्वयन गर्न प्रम मोदीको अपिल

काठमाडौं वैशाख २ कोभिड -१९को संक्रमण फैलिन नदिन भारत सरकारले जारी गरेको लकडाउन आदेश आगामी आगामी मे ३ अर्थात् बैशाख २१ गतेसम्मका लागि थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत राज्यका मुख्यमन्त्रीहरूसँग छलफल पछि आज देशवासीका नाममा सम्बोधन गर्दै २१ दिनदेखि जारी लकडाउनको समय मे ३ अर्थात वैशाख २१० सम्म थप्ने घोषणा गर्नु भएको हो ।

सम्बोधनको क्रममा प्रम मोदीले सम्पूर्ण भारतवासीलाइ क्रमस ज्येठ नागरिकको ख्याल गर्न , सामाजिक दूरीको नियमलाई नतोडौं, घर बनाएको कपडाको मास्क प्रयोग गर्न ,प्रतिरक्षा प्रणालीमा सुधारका लागि घरेलु उपचार पद्धती प्रयोगमा ल्याउन , सरकारले बनाएको आरोग्य सेतु एप डाउनलोड गरेर कोरोना भाइरसबारेको जानकारी लिन, गरीब व्यक्तिको हेरचाह गर्न ,रोजगारदातालाइ कर्मचारीलाई रोजगारीबाट ननिकाल्न र चिकित्सक, नर्स, सुरक्षाकर्मी र सफाई कर्मचारी जस्ता कोरोनाविरुद्धका युद्धकर्मीलाई सम्मान गर्न सात सूत्रीय नियमको कार्यान्वयन गर्न समेत अपिल गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।