शनिबार, बैशाख ८, २०८१

भक्तपुर अस्पताललाइ महिला उद्यमी संघको PPE सेट

  • भक्तपुर बैशाख ५ ,राम चन्द्र प्रजापति

महिला उद्यमी संघ भक्तपुर र क्रियटिभ ओमन भक्तपुरले संयुक्तरुपमा भक्तपुर अस्पतालका अस्पताल र सशस्त्र प्रहरीका उपरिक्षक पंकज पौडेललाई स्वास्थ्यकर्मीको प्रयोजनका लागि पिपिइ सेट उपलब्ध गराईएको छ ।

महिला उद्यमी संघका संस्थापक अध्यक्ष रिता अवालले भक्तपुर अस्पतालका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवाललाइ उक्त सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

त्यस अवसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले संघले विगतमा पनि सहयोग गर्दै आएको स्मरण गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरससग एक जुट भएर लड्नु पर्नेमा जोड दिदै विषम अवस्थामा स्वास्थ्थकर्मीलाई आवश्यक पर्ने पिपिइ सहयोग गर्नु भएकोमा आभार समेत व्यक्त गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।