शनिबार, बैशाख ८, २०८१

बागमती प्रदेशको तर्फबाट पत्रकारका लागि स्वास्थ्य सामग्री

काठमाडौं बैशाख १६ , कोभिड -१९ को महामारी वेला अग्रपंक्तिमा रहेर बागमती प्रदेशमा काम गर्ने पत्रकारका लागि स्वास्थ्य सुरक्षासँग सम्बन्धित सामग्री वितरण गरिएको छ ।  नेपाल पत्रकार महासंघ प्रदेश समिति र उपत्यका समितिको संयोजनमा सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले मंगलबार १३ वटै जिल्लामा कार्यरत करीव पाँच सय पत्रकारका लागि माक्स, स्यानेटाइजर र पञ्जा बितरण गरेको हो ।

 आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले सोमबार हेटौडामा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिलाई हस्तान्तरण गरिएका सामग्री मंगलबार १३ वटै जिल्लामा पुरयाउने व्यवस्था मिलाइए अनुरुप काठमाडौका अध्यक्ष शान्तराम बिडारी,भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेललाई सञ्चार रजिष्ट्रार रेवती सापकोटा,  महासंघ  उपत्यका समितिका महासचिव श्रीजन झाले ती स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो ।

क्यामरापर्सन र फोटो पत्रकार, टेलिभिजन,रेडियो,अनलाइन र पत्रिकामा काम गर्ने पत्रकारलाई प्राथमिकताका आधारमा ती सामग्री वितरण गर्न नेपाल पत्रकार महासंघका जिल्ला शाखालाई अनुरोध गरिएको छ । साथै त्यसैअवसरमा सञ्चार रजिष्ट्रार रेवती सापकोटाले फोटो पत्रकार क्लबका अध्यक्ष बिकास कार्की लगायत सञ्चार रजिष्ट्रार कार्यालयमा पुगेका थप केहि पत्रकारलाइ पनि ती सामग्री  हस्तान्तरण गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।