शुक्रबार, चैत्र १६, २०८०

बन्दाबन्दी आदेश जारीको नवौं दिन आज यस्तो थियो राजधानीको सडक

काठमाडौ चैत १९,   विश्वव्यापी कोभिड १९को जोखिमको संक्रमण फैलिनबाट मुलुकलाइ जोगाउन नेपाल सरकारले जारी गरेको बन्दाबन्दी आदेश अर्थात लकडानको आज नवौं दिन विगतका दिनमा भन्दा जारी आदेश पूर्ण रुपमा कार्यान्वयन भएको पाईएको छ । यसवीचमा आदेशको अवज्ञा गर्दै सख्यात्मक रुपमा विनाकाम सडकमा निस्केका रमितेलाइ सुरक्षाकर्मीले पक्राउ नगरेको होइन ।

 

तथापी विगतको अवस्था भन्दा राजधानीको बढि भिडभाड हुने एरियामा अत्याआवश्यक सवारी सञ्चारकर्मीको वाहे अन्य सवारी भने बन्द रहेको र सवै एरिया पूर्णत सुनसान रहेको छ। मानिसहरु घरमै बसिरहेका छन्।  पसल, कलकारखाना  र व्यापारीक प्रतिष्ठान सव बन्द छन यसवीचमा प्रहरी पक्राउ परेकालाइ होल्डमा राखेर छानबिन गरिएको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।