मङ्लबार, बैशाख ११, २०८१

प्रहरीका १० एसएसपीको डीआईजीमा बढुवा, सिफारिसमा को-को परे? (सूची सहित)

काठमाडौं चैत २९ , नेपाल प्रहरीका १० एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन् । मन्त्रालयलृ गृहसचिवको अध्यक्षतामा बसेको बढुवा समितिको शुक्रबार अबेर बसेको बैठकले उनीहरुको बढुवा सिफारिस गरेको हो।

सिफारिस हुनेमा एसएसपीहरु धिरजप्रताप सिंह, घनश्याम अर्याल, सहकुल थापा, बसन्तकुमार लामा, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, उत्तमराज सुवेदी, रविन्द्रसिंह धानुक र अरुणकुमार बिसी छन् ।

डीआईजीमा बढुवा सिफारिस भएकामध्ये सुवेदी काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका छन भने थापा अपराध महाशाखाका प्रमुखको जिम्मेवारीम रहेका छन् । साथै बढुवा समितिबाट सिफारिस प्रहरी अधिकारीको सिफरिसलाइ मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्दै पदस्थापना गरिने छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।