शुक्रबार, चैत्र १६, २०८०

प्रम ओली सभापति देउवावीच भेटवार्ता :सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउनेलाइ तत्काल कारबाही गर्न माग

तस्वीरः प्रधानमन्त्रीको सचिवालय ।

काठमाडौं बैशाख १२ , सत्तारुढ दल नेपाल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताको क्रममा भापति देउवाले दुबै अध्यादेश फिर्ता लिएर अक्ष्म्य गल्ती सच्याउनु भएको धन्यवाद दिदै प्रम ओलीलाइ सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कार्वाही गर्नुपर्ने माग गरेका छन ।

मुलुककमा कानुनी राज्यको देशवासीलाइ अनुभुत गराउन उक्त घटनाको निष्पक्ष अनुसन्धान र कारबाही गर्नुको विकल्प नभएको बताउदै तकाल कारवाही गर्न माग गर्नु भएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा सभापति देउवाले कोभिड संक्रमणको ब्यापक परिक्षण अहिलेको आवश्यकता भएबो बताउदै समुदाय स्तरमा व्यापक परिक्षण गर्न ढिलो गर्न नहुने सुझाव समेत दिनु भएको उल्लेख गरिएको छ ।

त्यस्तै भेटवार्ता कै क्रममा सभापति देउवाले श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस् भन्दै राहत घोषणा अधुरो भएको र लक्षित समुदायले राहत पाउन नसकेको पक्षतर्फ प्रम ओलीको ध्यानाकर्षण गराउदै श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठूला सबै व्यवसायीका लागि तत्काल अर्को राहत प्याकेज ल्याउन सुझावसमेत दिनु भएके उल्लेख गर्नुको अलावा हिजो देशलाई रेमिटेन्स पठाएर योगदान गर्ने बिदेशमा रहेका नेपालीलाइ परेको अप्ठ्यारोको सम्बोधन गर्दै अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्ने बारे तत्काल योजना सार्वजनिक आग्रह गरेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।