शुक्रबार, बैशाख ७, २०८१

प्रदेश मुख्यमन्त्रीबीचको भिडियो कन्फरेन्समा प्रम ओलीले भने – लकडाउन छिट्टै अन्त्य हुँदैन

काठमाडौ चैत ३० , प्रधानमन्त्री केपी ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले सात प्रदेशका मुख्यमन्त्रीबीच शनिवार भिडियो कन्फरेन्सका माध्यमबाट गर्नु भएको छलफलमा “भारतमा सङ्क्रमण फैलिने क्रम बढिरहेको अवस्थामा यहाँ जारी लकडाउन खोल्न नहुँनेमा जोड दिदै कोरोना रोकथामका लागि भएका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढङ्गले अघि बढाउन आवश्यक रहेको बताउँदै यसको अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ गरिने लापरबाही स्वीकार्य नहुने र सङ्क्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट गर्दै लकडाउनमा प्रशासनिक लापरबाही हुन नहुनेमा जोड दिँदै समाजीक दुरी कायम गर्नुक अलावा भिडभाड हुने आदि क्रियाकलाप गर्न रोक्न प्रशासन र प्रहरी सजग हुन आवश्यक रहेको बताउानु भएको बुझिएको छ ।

त्यसक्रममा सातै प्रदेशका मुख्यमन्त्रीले आआफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका पहल र स्थितिबारे जानकारी गराउनुभएको प्रमका सल्लाहकार थापालाइ उदृत गर्दै प्रकाप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031