बुधबार, बैशाख १२, २०८१

पीसीआर र आरडीटी विधिबाट नेपालमा १५ हजार ८०० ओटा परीक्षण: प्रवक्ता देवकोटा

कोभिड- १९ संक्रमितको व्यक्तिगत विवरण प्रकाशन र प्रशारण नगर्न सञ्चार माध्यमलाई अनुरोध

काठमाडौं वैशाख ३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मार्फत मन्त्रालयका प्रवक्ता डा.सुवास देवकोटाले नेपालमा १५ हजार ८०० ओटा परीक्षणहरु गरिएको जानकारी दिनुभएको छ ।त्यस्तै उहाँले नेपालमा १६ जनामा कोभिड संक्रमण देखिएकोमा धनगढीमा ५, काठमाडौंमा ४, वीरगन्जमा ४ तथा बागलुङमा २ जना संक्रमितको उपचार भइरहेको सवैको अवस्था सामान्य रहेको जनकारी सहित सुरुका १ जना संक्रमित यसअघि नै उपचारपछि निको भइसकेको जानकारी दिनुभएको छ ।

त्यस्तै प्रवक्ता डा देवकोटाले घाँटीको स्वाबको नमुना परीक्षण छ हजार ८७१ र ‘१४ जिल्लाबाहेक सबै जिल्लामा परिक्षण भइरहेको र आरडीटी’बाट ८ हजार ९२९ ओटा परीक्षण गरिएको जानकारी दिदै काठमाडौंमा ११ र उपत्यका वाहिर  १०६ समेत गरि ११७ ‘आइसोलेसन त्यस्तै ५ हजार ६१४ जना ‘क्वारेन्टाइन’मा रहेको जानकारी दिनु भएको छ ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.03

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.03#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Mittwoch, 15. April 2020

त्यस्तै प्रवक्ता डा।देवकोटाले कोभिड- १९ संक्रमितको व्यक्तिगत विवरण प्रकाशन र प्रशारण नगर्न सञ्चार माध्यमलाई अनुरोध गर्दै केही सञ्चार माध्यमले संक्रमितको व्यक्तिगत विवरण प्रकाशन र प्रशारण गरेकोप्रति ध्यानाकर्षण भएको भन्दै यस्तो अनुरोध गर्नु भएको हो।  साथै प्रवक्ता देवकोटाले भने, ‘विरामीको यस्तो विवरण निजको अनुमति बिना प्रकाश र प्रशारण गर्न नपाइने भएकाले यसो नगर्नुहुन मन्त्रालय अनुरोध सहित जनस्वास्थ्यको दृष्टिकोणबाट सार्वजनिक गर्नुपर्ने विवरण मन्त्रालयले आफैं सार्वजनिक गर्ने बताउनुभयो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।