बुधबार, बैशाख ५, २०८१

पीसीआर र ‘आरडीटी’दुवै विधिबाट २४ हजार २५३ जनाको परीक्षण: प्रवक्ता डा. देवकोटा

  • ललितपुरको पाटन अस्पतालमा पीसीआर परीक्षणका लागि मेसिन जडानभएसंग देशका १४ स्थानबाट पीसीआर परीक्षण
  • दुइ जिल्ला वाहेक ७५ वटै जिल्लामा आरडीटी परीक्षण
  • चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठान (न्याम्स)मा एमडी, एमएस अध्ययनरत् ३४ जना चिकित्सकलाइ सुदूरपश्चिम प्रदेशमा उपचारका लागि खटाइएको जानकारी

काठमाडौं बैशाख ५ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको प्रेस व्रिफिङ्गमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले पीसीआर र ‘आरडीटी’दुवै विधिबाट २४ हजार २५३ जनाको परीक्षण गरिएको जानकारी दिनु भएको छ ।  साथै उहाँले ‘र्‍यापिड टेस्ट’मा ‘पोजिटिभ’ देखिएका सबै रिपोर्ट ‘पीसीआर’ परीक्षणमा ‘नेगेटिभ’ देखिएको जानकारीदिदै पछिल्लो तीन दिनयता कुनैपनि व्यक्तिमा कोरोनाभाइरसको संक्रमण नदेखिएको जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले मन्त्रालयले सुदूरपश्चिम प्रदेशमा उपचारका लागि चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठान (न्याम्स)मा एमडी, एमएस अध्ययनरत् ३४ जना चिकित्सकलाई खटाएको पनि प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभयो  ।  साथै डा देवकोटाले सोलुखुम्बु र डोल्पा जिल्लाबाहेक ७५ वटै जिल्लामा आरडीटी परीक्षण सुरु भइसकेको जानकारी दिदै पछिल्लो २४ घन्टामा ४ हजार ८२२ जनाको परीक्षण गरिएको बताउनुभएको छ । साथै मन्त्रालयले थप ३० हजारभन्दा बढी आरडीटी किट सबै प्रदेशमा पठाएको उहाँले जानकारी दिनु भएको छ ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.05

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.05#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Freitag, 17. April 2020

यस्तै, ललितपुरको पाटन अस्पतालमा पीसीआर परीक्षणका लागि मेसिन जडानभएसंग देशका १४ स्थानबाट पीसीआर परीक्षण भइरहेको जानकारी दिनुभएको छ ।हाल देशभर सरकारले तोकेका स्थानमा ४ हजार ६०७ जना ‘क्वारेन्टाइन’मा रहेका छन् भने ९० जना ‘आइसोलेसन’मा रहेका छन् । जसमWo]काठमाडौं ५ जना र उपत्यका वाहिर ८५ जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिनु भएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031