शनिबार, बैशाख ८, २०८१

पश्चिमी र स्थानीय वायुको प्रभाव: मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौ बैशाख २,  मौसम पूर्वानुमान महाशाखाले पश्चिमी र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना औल्याएको छ ।

त्यस्तै महाशाखाले ३ दिने मौसम पूर्वानुमान तालिका जारी गर्दै हाल देशको पश्चिमी पहाडी भू–भाग तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको जनाउँदै राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई मध्य र पश्चिमी पहाडी भू–भागका केही स्थानमा र पूर्वका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना औल्याएको हो ।

त्यस्तै बुधवारपनि आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहनुको अलावा बिहीबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू–भागका एकाध स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षा सम्भावना रहेका जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।