शुक्रबार, बैशाख ७, २०८१

परिवार दलले लकडाउन प्रताडित अति बिपन्न नेपाली समुदायलाइ सहयोग गर्ने

काठमाडौं वैशाख १३ ,  नेपाल परिवार दलका अध्यक्ष एवमे पूर्व मन्त्री एकनाथ ढकालको अध्यक्षतामा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले कोभिड १९ को महामारीमा राहतस्वरूप एकसय कुइन्टल चामल सहयोग गर्ने निर्णय गरेको छ । यसअघि   दलले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा संचारकर्मीहरुको लागी हजारौं थान मास्क वितरण गरिसकेका छन ।

दलको शुक्रवार सम्पन्न बैठकले महामारीको कारण सृजित लामो लाकडाउनले पिडित बनेका अति बिपन्न नेपाली समुदाय भोकै बस्न नपरोस भनेर खाद्यान्न सहयोग गर्ने निर्णय गरेको दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिनु भएको छ । साथै उहाँले यसरी वितरण गरिने राहत स्थानीय निकाय तथा सुरक्षाकर्मीहरु संगको समन्वयनमा सरकारले निर्धारण गरेको मापदण्ड अनुसार वितरण गर्नका  लागि  दलको जिल्ला समन्न्वयन समितिलाई निर्देश दिइसकेको जानकारी समेत दिनु भएको छ ।

साथै बैठकले देश भित्र र बाहिर रहेका सम्पूर्ण नेपाली नागरिकमा सामजिक एकता, सहयोग, प्रेम, सदभाव र भाइचाराको भावना फैलाउँदै सरकारको तर्फबाट  कोभिड १९ को रोकथाम र नियन्त्रणका  शुरु गरेका   कदमहरुलाई सहयोग गर्न अपील  गर्दै  महामारीको कारण सामाजिक अस्थिरता , बेरोजगार र हिंसा बढ्न सक्ने खतरा प्रति सरकारलाई सचेत बनाउदै तुरुन्त कोभिड १९ पिडितको लागि राहत प्याकेज घोषणा गर्न माग समेत गरेका छन ।

त्यस्तै बैठकले केहि समय अघि तत्कालिन नेपाल संघीय समाजबादी पार्टी परित्याग गरी नेपाल परिवार दलमा प्रवेश गरेका अनिल भण्डारी बुद्धिमाया पुन केन्द्रीय सदस्यमा मनोनयन गर्नुको अलावा कोभिड संक्रमणको जोखिमका कारण दलसंग सम्बन्धीत यावत कामकारवाही डिजिटल प्रणालीद्वारा गर्ने प्रबिधि विकास गर्न सूचना प्रबिधि विभाग गठन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले २१ सौं शताब्दीको आधुनिक राज्य उदारवादी, लोकतान्त्रिक र कल्याणकारी चरित्रको हुनु पर्छ भन्दै राज्यले स्वास्थ्य र शिक्षाको पूर्ण जिम्मेवारी लिनुपर्ने दृष्टिकोण सार्बजनिक गर्दै संकीर्ण राष्ट्रवाद, पृथकतावाद वा स्वार्थीपन बाट माथि उठी नयाँ भूमण्डलीकरण, सहकार्य, मानवीयता र परोपकारिताका साथ साझा लक्ष्य फेला पार्न तयारीमा लाग्नु अव ढिलाइ गर्न नहुनेमा जोड दिदै  सरकारले यिनै तथ्यहरुलाई विश्लेषण गरी आफ्नो आगामी यात्रा तय गर्न आवश्यक रहेको भन्दै सकारको ध्यानाकर्षण समेत गराएको छ ।

त्यस्तै केही समय अघि सयुक्त राज्य अमेरिका र बिद्रोही तालिवान बीच भएको स९सर्त शान्ति सम्झौता तथा सयुक्त राष्ट्र संघका महासचिब महामहिम एन्टोनियो गुटेरेसले कोभिड १९ को बिरुद्धमा प्रभाबकारी तरिकाले लड्नको लागी मार्च २३ मा विश्वभर युद्ध लडिरहेका सबैसँग युद्धविरामको लागि गर्नु भएको प्रस्तावलाइ स्वागत समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031