मङ्लबार, बैशाख ११, २०८१

पत्रकार महासंघमा कोभिड–१९ को महामारी केन्द्रीत डिजिटल सम्वाद शुरु

काठमाडौं बैशाख २,  नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा र महासंघको डिजिटल मिडिया समितिको संयोजनमा कोरोना–१९ महामारीका सन्दर्भमा डिजिटल सम्वाद कार्यक्रम आयोजना गरेको छ ।

संवाद कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले कोरोना महामारीमा पत्रकारले फ्रन्टलाइमा काम गर्नुपर्ने भएकाले उच्च जोखिममा रहेको बताउँदै अहिलेको विषम परिस्थितिमा पत्रकारले सत्यतथ्यमा आधारित रहि जिम्मेवार पत्रकारिता गर्नुपर्ने बताउनुभयो । साथै उहाँले पछिल्लो समय सञ्चार क्षेत्र गम्भीर संघारमा रहेकाले विशेष राहत प्याकेज घोेषणा गर्न पनि अध्यक्ष आचार्यले सरकारसंग माग गर्नुभयो ।

त्यस्तै प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सञ्चारकर्मीलाई आचारसंहिता पालनामा गम्भीर हुन आग्रह गनुभयो भने न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले संकटकाल बेला पत्रकारहरु पारिश्रमिकबाट बञ्चित भएको बताउदै श्रमजीवि पत्रकार थप समस्यामा परेको बताउनुभयो ।
डिजिटल सम्वादमा महासंघका पूर्व सभापति डा. सुरेश आचार्य, पूर्व अध्यक्ष शिव गाँउले, महासंघका महासचिव रमेश विष्ट, प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहाल, नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिग्देल, महासंघका प्रदेश अध्यक्ष एवम् उपाध्यक्षहरु, अनलाइन पत्रकार संघका पूर्व अध्यक्ष प्रवेश सुवेदीलगायतले धारणा राख्नुभएको थियो ।

संवाद कार्यक्रममा महासंघका प्रदेश समितिका अध्यक्षहरुले आ–आफ्नो प्रदेशको पत्रकारिता अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा महासंघका महासचिव विष्टले महासंघले सञ्चारगृहमा गरेको स्थलगत अनुगमन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । महासंघका सचिव प्रकाश थापाले डिजिटल संवादको सहजीकरण  गर्नु भएके थियो भने    डिजिटल मिडिया समितिको संयोजक लेखनाथ न्यौपानेले कार्यक्रमको संयोजन गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।