शुक्रबार, बैशाख ७, २०८१

नेपालटारमा पानी टयाङ्करको ठक्करबाट चौलागाईको मृत्यु , टयाङ्कर र चालक प्रहरी नियन्त्रणमा

काठमाडौं बैशाख २ , राजधानीको वालाजुस्थित नेपालटारमा बा २ ख ५१७७न पानी टयाङ्करले ठक्कर दिँदा ५० वर्षिय विष्णु प्रसाद चौलागाईको मृत्यु भएको छ । नेपालटारस्थित , युरिका स्कुलमा पालेदाइको काम संगै बाँकी समय ग्यास घर घरमा पुर्याउने काम गर्दै आएको चौलागाइलाइ ग्यास ओसार पसार गर्दै गरेको अवस्थामा पूर्वेली पानी सप्लाइको टयाङ्करले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

टयाङ्कर चालकलाइ नियन्त्रणमा लिदै प्रहरी

त्यस्तै प्रहरीले  टयाङ्करले ठक्कर पछि तत्काल उपचारार्थ ग्रिनसिटी अस्पताल लगिएका चौलागाइको उपचारको क्रममा मृत्यु भएको जनाउँदै ओखलदुङ्गा सिजी फलाटे बस्ने टयाङ्कर चालक वर्ष २१ का गणेश गजमेर  र टयाङ्कर नियन्त्रणमा लिएको वालाजु प्रहरीवृतका प्रनि गम्भीरजंग थापाले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031