बिहिबार, चैत्र १५, २०८०

नेकपा भित्र अध्यादेश विवाद चरमोत्कर्षमा,राजीनामा माग्नेलाइ देखाइदिने प्रम ओलीको चेतावनी

काठमाडौं बैशाख १४ , अध्यादेश प्रकरणका कारण सत्तारुढ नेकपा भित्र देखिदै आएको विवाद पछिल्लो समय छताछुल्ल भएको छ । सोहि प्रकरणलाइ लिएर अहिले पार्टीको स्थायी समिति बैठक बोलाउने विषयमा चरमोत्कर्षमा पुगेको छ ।  नेकपा भित्र सरकारले फिर्ता लिएको दुई अध्यादेशबारे समीक्षा गर्न बैठक बोलाउनुपर्ने माग गर्दै उठ्दै गर्दा प्रधानमन्त्री केपी ओली पक्षले मुखरित ती मागलाइ नजरअन्दाज गर्दै अगाडि बढ्ने तयारी गरेसंगै नेकपाभित्र देखिएको विवाद सतहमा आएको हो ।

यसवीचमा जारी अध्यादेश विवादकै कारण सत्तारुढदल भित्र ठूलै राजनैतिक भूकम्पको परकम्पन जाने प्राय निश्चित रहेको राजनैतिक विश्लेषकहरुले बताएका छन । त्यस्तै स्थायी समिति सदस्यले बैठक माग गर्दै गत बैशाख १० मा नै अध्यक्षद्वय ओली र प्रचण्ड लाई पत्र बुझाए पनि बैठकको वोलाउने सवालमा  अध्यादेश प्रकरणको कारण कहिले बैठक बोलाउने भन्नेमा दुई अध्यक्षबीच सहमति बन्न नसकेको बताईएको छ । यसवीचमा पार्टी अध्यक्ष प्रचण्डले बैठकको विषयमा प्रम ओलीसंग छलफल गर्दा प्रधानमन्त्रीले अध्यादेश फिर्तापछि तत्काल पार्टी बैठक आवश्यक नरहेको भन्ने जस्ता कुरा गर्दै बैठकको सवालमा आनाकानी गर्दै आएको बुझिएको छ ।

यसैवीच प्रम ओलीले पार्टीमा कुनै छलफल नै नगरि एकतर्फी रुपमा गर्ने गरेको अध्यादेश लगायतका यावत प्रकरणका कारण जनवृतमा पार्टीको साख गिरेको भन्दै नेतारुहले अध्यादेश फिर्ता गरेर मात्र नहुने नैतिकताको आधारमा राजिनामा दिनुपर्ने मत अभिव्यक्त गर्न थालेपछि ओलीले अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेललाई बालुवाटार बोलाएर छलफल गर्ने क्रममा प्रम ओलीको भनाइ लगत्तै नेता वामदेव गौतमले आपत्ती जनाउदै विमति प्रकट गरेसंगै प्रम ओली र नेता गौतमवीच एकले अर्कालाई देखाइदिने सम्मको विवाद भएको नेकपा निकट स्रोतले जनाएको छ ।

नेता गौतमले प्रधानमन्त्रीलाइ राजिनामा दिन सुझाव दिएसंगै आक्रोशित बनेका प्रम ओलीले विमति जनाउँदै जवाफ दिँदै ‘मविरुद्ध षड्यन्त्र गर्ने म राजीनामा दिन्नँ सकेको गर्न भनेपछि कुराकानीको मोड विवादमा परिवर्तन भएको र नेताद्दयवीच एकले अर्कालाई देखाइदिने भन्दै विवाद चरमोत्कर्षमा पुगेका समाचार स्रोतको बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।