शनिबार, बैशाख ८, २०८१

निमेषभरमै राजधानी काठमाडौं सहित देशभरी हजारौं जनाले ज्यान गुमाएको त्यो दिन..

काठमाडौ बैशाख १२, आज बैशाख १२ अर्थात निमेषभरमै भूकम्पका कारण ५ वर्ष अघि तहसनहस भएको अवस्था । आजकै दिन मध्याह्न ११ः५६ बजे गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाउदै भएको ७.६ रेक्टर स्केलको महाभूकम्पका कारण   करिब नौ हजार मानिसले ज्यान गुमाएका थिए । करिब २२ हजार मानिस घाइते भएका थिए । १० लाख निजी घरमा पुगेका क्षतिका कारण लाखौँ मानिस घरबाट खुला आकाशमुनि बस्न बाध्य भएका थिए । त्यस्तै १ हजार दुई सय स्वास्थ्य संस्था र सात भन्दा बढि सांस्कृतिक सम्पदामा क्षति पुगेको थियो। महाभूकम्पका कारण गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभे्रपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति भएको थियो ।

यसरी त्यस दिनको स्मरण मात्र गर्दा आफैमा कहाली लाग्दो अवस्था थियो । जुन आज यहाँ प्रस्तुत गर्न मनासिव रहेका छन । त्यसवेला भू–कम्प पछि स–साना वालवालिका आफ्ना आमा वावु खोजिरहेका र वृद्धवृद्धा आफ्नो सहारा सन्तान खोजिरहेका कहालि लाग्दा दृश्हरु देखिन्थे । ग्रमिण भेगका गाँउ वस्तिमा ओत लाग्नलाई त्रिपाल र प्यास मेटाउने एक तुर्को पानीको अभावमा छटपटिएर वसिरहेका दृश्यहरुले आँखा रसाउँदथे । गोरखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर ,धादिङ्ग, रसुवा लगायतका जिल्लाका ति कारुणिक दृश्यले एउटा मानव मन छिाया छिया पारेको छ । राजधानीको सुन्धाराको नौ तल्ले धरहरा वरपरदेखि वालाजु क्षेत्रका वस्तिहरु वचाउ–वचाउको आवाजले गुन्जिरहेका सुनिन्थे ।

कति च्यापिय कति थिच्चिए कतिले अइय्या पनि भन्न पाएनन् । कति को त २ दिन, ३ दिन पछि जिवितै उद्धार पनि भयो तर जे देखियो त्यो सबै कहालि लाग्दो थियो । शब्दले वयान गर्न नसकिने थियो । केही विदेशी सञ्चार माध्यमका साथिको व्यवस्थापन र भारतीय वायु सेनाको सहयोगमा गोरखा र सिन्धुपाल्चोक पुग्दा मन भक्कानियर आँउदथ्यो । एउटा हेलिकप्टरमा सबै गाँउलेलाई उठाएर कतै अर्को धर्तिमा लैजाउँ झै लाग्दथ्यो । राजधानीका मैतिदेवि, ठमेल, असन, झोछे जस्ता साना गल्लि भएका वस्ती दोश्रो दिन आइतवार मसानघाट झैं सुनसान भएका थिए । जर्मनका पत्रकार साथिहरुले ड्रोन क्यामेराको मद्दतले कोही जिवितै छन की भनेर आँफु टाढा रहेर ड्रोन क्यामेराहरुलाई गल्लिभित्र पठाएर रिर्मोटबाट दृश्य कैद गरिरहेका थिए ।

सबै भन्दा बढी त पशुपति आर्यघाटमा सामूहिक रुपमा भइरहेका दाहसंस्कारका दृश्यले मुटु टुक्रा–टुक्रा पारेको थियो । आकाशमा मडरिएको कालो वादल मन भित्र पनि मडारिइरहेको हुन्थ्यो । कतै हेलिकोप्टर ल्याण्ड हुन सक्दैनथ्यो त कतै ल्याण्ड भए पनि फेरी उड्न समस्या हुनथ्यो । लगातारको वर्षा सहित प्रतिकुल मौषम अनि राहतका सामाग्रीको अभावले पीडामाथि वज्र प्रहार गर्दथ्यो । यत्र तत्र सर्वत्र अभाव पिडामा थियो। यद्यपी ५ वर्षको समयपछि पुनर्निर्माण प्राधिकरणका अनुसार यो ५ वर्षका अवधीमा८८ प्रतिशत प्रगति भएको प्राधिकरणले जनाएको छ ।

यसैवीच ५ वर्षको अन्तरालमा विश्वका मानव जिवननै तहसनहस पार्दै अर्को कोरोना भाइरसको आतंक छाएको छ । यहि आंतंकबाट बचाउन सरकारले बन्दाबन्दी आदेश जारी गरेपनि आज ३२ दिन पुगिसकेकोको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।