बिहिबार, बैशाख १३, २०८१

धौलागिरि अञ्चल अस्पतालबाट पनि थप एक ६५ वर्षीया कोरोना सङ्क्रमित महिला उपचार पछि भइन डिस्चार्ज

काठमाडौं बैशाख ६ , धौलागिरि अञ्चल अस्पताल बागलुङमा विगत १७ दिनदेखि उपचाररत बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया कोरोना सङ्क्रमित महिला पनि आजै डिस्चार्ज भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालयले जनाएको छ ।

आज साँझ अवेर डिस्चार्ज भएकी संक्रमित पनि गत चैत ४ गते बेल्जियमबाट कतार हुँदै बागलुङ पुगेको चैत १७ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको आइसोलेशनमा भर्ना गरी उपचार गरिएको थियो ।

नेपालमा आजमात्र कोभिड संक्रमणको उपचार पछि डिस्चार्ज हुने उहाँ तेस्रो सङ्क्रमित हो यस अघि आजै काठमाडौं बाट प्रसिद्धी श्रेष्ठ निको भएर घर फर्किएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।