बिहिबार, बैशाख १३, २०८१

 देशैभर कुल २९ हजार ५६७ कोभिड परीक्षण, थप एक संक्रमित उपचार पछि डिस्चार्ज

काठमाडौ बैशाख ७ , स्वास्थ्य मन्त्रालयको आजको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सेती प्रादेशिक अस्पतालमा उपचाररत २१ वर्षीय पुरुष उपचारपछि आजै डिस्चार्ज भएको जानकारी दिनु भएको छ ।

डा देकोटाका अनुसार कुल संक्रमित मध्ये आजको डिस्चार्ज समेत गरि ४ जना पूर्णरुपमा स्वास्थय लाभ गरि घर पर्केको र बाँकी २७ जना संक्रमितको उपचार राजधानी लगायत मोफसलका विभिन्न अस्पतालमा उपचार हुदै गरेको जानकारी दिनु भएको छ । जसअनुसार राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकलमा १ पाटनमा २ , बाल रोगमा २, धनगढीमा ४ वीगञ्जमा ४ , भरतपुरमा २ र विराटनगरमा १२ जनाको उपचार भइरहेका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको समेत जानकारी दिनु भएको छ ।

त्यस्तै प्रवक्ता देकोटाले दशैभर पीसीआर ८ हजार ८१ र आरडीटीबाट २१ हजार ४ सय ८६ वटा परीक्षण गरि कुल २९ हजार ५६७ कोभिड परीक्षण गरिएको त्यसतै पछिल्लो २४ घण्टामा २१ सय ६८ जनाको नयाँ आरडीटी परीक्षण गरिएको जानकारी दिँदै उनले सबै जिल्लामा आरडीटीबाट परीक्षण भइरहेको जानकारी दिनु भएको छ । साथै देशभर ५ हजार १ सय ८० जना क्वारेन्टाइनमा र १०३ जना आइसोलेशनमा  रहेको यसमध्ये उपत्यकामा ५ र उपत्यका बाहिर ९८ रहेको बताउनुभयो ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.07

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.07#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Sonntag, 19. April 2020

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।