शुक्रबार, बैशाख १४, २०८१

दुईजना संक्रमित डिस्चार्ज हुँदै गर्दा थपिए नयाँ एक संक्रमित

काठमाडौं बैशाख ६ , नेपालमा आज थप थएि नया एकजनाका कोरोना संक्रमण देखिएको छ । कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार गराइरहेका ६५ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्राललयको फेसवुक पेजमा अपडेट सार्वजनिक भएको छ ।

प्राप्त जानकारी अनुसार संक्रमितको अस्पतालको आइसोलेसनमा राखेर उपचार भैरहेको छ । संक्रमित पुरुष उदयपुरका भएको बताइएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ पुगेको छ । शुक्रबार मात्रै एकै पटक १४ जनामा संक्रमण देखिएको थियो । उदयपुरमा १२ र चितवनमा दुई जनामा संक्रमण देखिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।