बिहिबार, बैशाख १३, २०८१

थप ३ जनामा कोरोना संक्रमण भएको पुष्टिसंगै कोभिड संक्रमितको संख्या ९ पुग्यो

काठमाडौं चैत २२,   कोभिड–१९ को सङ्क्रमण   थप तीन जनामा देखिएको छ । मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा   कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयका अनुसार  नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएसंगै  कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ९ पुगेको छ ।

त्यस्तै  उनीहरुको केही दिनअघि लिएको   स्वाब परीक्षणका क्रममा सङ्क्रमण देखिएको   स्वास्थ्य मन्त्रालयले फेसबुक पेजमार्फत   जानकारी गराउँदै   उनीहरुको अहिले सेती प्रादेशिक अस्पताल धन्गगडीमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।