शनिबार, बैशाख ८, २०८१

थप २ जना संक्रमित भेटिएसंगै कोरोना संक्रमितको संख्या ४७ पुग्यो , १० जना उपचारपछि डिस्चार्ज

काठमाडौ बैशाख ११, नेपालमा थप २ जनामा कोरोना संक्रमण देखिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको मिडिया विफ्रिङ्गमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले  उदयपुरकी ५५ वर्षिया महिला र जनकपुरका १४ वर्षिय एक जनामा कोरोना संक्रमण देखिएको जानकारी दिनु भएको छ ।

त्यस्तेैं प्रवक्ता देवकोटाले आज थप २ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको पनि जानकारी दिनु भएको छ ।  आज डिस्चार्ज हुनेमा पाटन अस्पतालबाट उपचारपछि काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै आएका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला निको भएर घर फर्किएको जानकारीदिनु भएको छ । साथै उहाँले ९ हजार १ सय ९९ जनाको पिसिआर र ३४ हजार ५ सय २३ जनाको आरडिटिबाट परीक्षण गरि ४३ हजार ७ सय २२ जना पुगेको जानकारी दिदै पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ५ जनाको नमूना परीक्षण गरिएको जानकारी दिदै संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभएको छ । काठमाडौं उपत्यकामा ४ र बाहिर ८२ गरी कुल ८६ जना आइसोलेसनमा रहेका छन भने देशैभर १० हजार ५ सय ७३ जना क्वारेन्टिनमा रहेको पनि जानकारीदिईएको छ ।

यसैवीच आज सेती प्रादेशिक अस्पताल धनगढीमा उचाररत  ५० वर्षीया महिला  आज अस्पतालबाट डिस्चार्ज हुँदै गरेको जानकारी प्राप्त् भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।