बिहिबार, चैत्र १५, २०८०

थप दुईमा सङ्क्रमण पुष्टि भएसंगै सङ्क्रमितको सख्या ५४ पुग्यो

काठमाडौं बैशाख १६ , कोभिड–१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभएको छ ।

आज देखिएको संक्रमणसंगै सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ भने पूर्णरुपमा स्वस्थ्य भएर १६ जना घर फर्किएका छन् । अहिले ३९ जना सङ्क्रमित उपचार भइरहेको छ ।

सङ्क्रमित अहिले क्वारेन्टाइनमा रहेको र अस्पताल लैजाने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । सङ्क्रमितको नजीक रहेका कन्ट्याक्ट ट्रेसिङसमेत भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिनु भएको छ ।

साथै उहाँले हालसम्म ५४ हजार ८२६ जनाको स्वास्थ्य परीक्षण गरिएको र यसमध्ये ‘पीसीआर’ विधिमार्फत् १० हजार ८०७ र ‘आरडीटी’बाट ४४ हजार १९ जनाको परीक्षण गरिएको जानकारी दिनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।