शुक्रबार, बैशाख १४, २०८१

त्रिविबाट वैशाख र जेठमा सञ्चालन हुने सबै परीक्षा स्थगित (सूचना सहित )

काठमाडौ चैत २८, त्रिभुवन विश्वविद्यालयले आगामी वैशाख र जेठमा संचालन गरिने परीक्षा कार्यक्रम स्थगित गरेको छ । त्रिविको केन्द्रीय परीक्षा सञ्चालक समितिको बसेको बैठकले वैशाख र जेठमा सञ्चालन गरिने विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फका ४ वर्षे बीएस्सी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

साथै जारी सूचनामा पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सेलिङ साइकोलोजी, स्कुल साइकोलोजी र पोष्ट ग्राजुएट इन उमन स्टडीजका पुरा तथा आंशिक परीक्षा पनि स्थगन गरिएको त्रिविले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।