शनिबार, बैशाख ८, २०८१

तेस्रो चरणको लकडाउन आदेशकावीच प्रम ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं चैत २५ , विश्वव्यापी महामारीको रुपमा फैसलएको कोभिड १९को उच्च् संक्रमणको जोखिमका कारण मुलकमा आज बाट तेस्रो चरणको बन्दाबन्दी आदेश लागु भएको छ । यो आदेश आगामी बैशाख ३ गते सम्म् जारी रहने भएको छ । सोमवार बसेको मन्त्री परिषद बैठक मार्फत सरकारले प्रस्तुत आदेश लागु राख्ने निर्णय गरेको हो ।

यसैवीच मुलुको विद्यमान अवस्था एवम् थप अन्य समसामायिक विषय केन्द्रीत हुदै प्रधानमन्त्री केपी ओलीले अहिले ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सम्बोधनको विषयमा प्रमका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रमको सम्बोधनको जानकारी दिएको हो । प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।