शनिबार, बैशाख ८, २०८१

डा. पुनलाइ स्पष्टिकरणका लागि नबोलाइएको मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं बैशाख ७ , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आव एक विज्ञप्ति जारी गर्दै शुक्रराज ट्रोपिकल तथा सरूवा रोग अस्पताल टेकुमा कार्यरत सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई स्पष्टिकरण सोध्न बोलाइएको नभई विज्ञको आधारमा मन्त्रालयमा छलफलको लागि मात्रै बोलाइएको प्रष्टोक्ति दिएको छ ।

स्वास्थ्य मन्त्रालयको मिडिया ब्रिफिङ मार्फत मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सहसचिव रघुराम विष्टले जारी गर्नु भएको    विज्ञप्तिमा केही पत्रपत्रिका तथा सामाजिक सञ्जालमा सत्य तथ्य बङ्ग्याइँ सम्बन्धीत मन्त्री नामसमेत जोडेर अनर्गल तथा दुष्प्रचार गर्ने कार्य भएकोमा मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै न्त्रालयले कोही पनि स्वास्थ्यकर्मीको मनोवल घटाउन काम नगरेको उल्लेख गर्दै स्वास्थ्यकर्मीलाई सरकारले शतप्रतिशत भत्ता र रु २५ लाखको बीमासमेत व्यवस्था गरेकाले डा पुनका सन्दर्भमा सत्यतथ्य नबुझीकन अनर्गल प्रचारप्रसार वा लेख लेखाउने कार्य नगर्न नगराउन आग्रह गरेको छ ।

त्यस्तै विज्ञप्तिमा कोरोना भाइरसका सन्दर्भमा जोसुकै र जुनसुकै स्वास्थ्यकर्मीलाई आवश्यकतानुसार मन्त्रालयबाट खटाउने काम भइरहेको प्रसंगलाइ सत्य तथ्य बङ्ग्याइँ अतिरञ्जित रुपमा प्रकाशन र प्रशारण नगर्न भनेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।