शुक्रबार, चैत्र १६, २०८०

जारी लकडाउन आदेशकावीच पनि काठमाडौंमै रोकिएकालाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय

काठमाडौ चैत २७,  विश्वव्यावपी कोभिड -१९को संक्रमणको उच्च जोखिमका कारण सरकारले जारी गरेको गत तैत ११ बाट आगामी बैशाख ३ सम्म कायम रहने गरि जारी गरेको लकडाउन आदेश शुक्रवार र शनिवारका दुइ दिनका लागि खुला गरिने भएको छ ।

जारी आदेशका कारण काठमाडौंमै रोकिएकालाई घरसम्म जान दिने योजना अनुरुप आज बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले दुई दिन काठमाडौं रोकिएकालाई उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।

लकडाउन लब्बिदैजाँदा उपत्यकामा रोकिएकालाई खाद्यान्नको अभाव भएको जस्ता अनेकन समस्या संगै रोगले भन्दा भोगले नागरिकको जीवन कष्टकर भएको निष्कर्ष सहित समितिले यस्स्तो निर्णय गरेको हो । त्यस्तै  प्रस्तुत निर्णय अनुसार उपत्यका वाहिर जान पाउँने भएपनि उपत्यका भित्रिन भने पाइने छैन ।समितिको बैठकले उपत्यकाबाट वाहिरन चाहनेको लागि नै सवारी साधनको प्रबन्ध समेत गर्ने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।