शनिबार, बैशाख ८, २०८१

चिकित्सकत्रय माथि प्रहार गर्ने प्रहरीलाइ कारबाही नगरे स्वास्थ्य सेवा थप्प पार्ने चेतावनी

घटना छानविनका लागि बन्यो एसएसपी बज्राचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति

काठमाडौं बैशाख ४ , बुधबार साँझ ड्युटी सकेर घर फर्कँदै गरेका  चिकित्सकत्रय क्रमस डा। शम्भु खनाल, डा. तेजप्रकाश साह र डा. विकास साहमाथि अन्धाधुन्द लाठी प्रहार भएका छन । प्राप्त जानकारी अनुसार चिकित्सक भएको, डिउटी सकेर कोठातिर जाँदै गरेको भनेर परिचय दिँदै गर्दा समेत तथानामका क।गालीगलौज सहित प्रहरीले लाठी प्रहार गरेको बुझिएको छ ।

त्यस्तै घटनाकोको बेहिसमय पछिनै नेपाल चिकित्सक संघले एक विज्ञप्ति प्रकाशित गर्दै कोरोना संक्रमणको उपचारमा सग्लन चिकित्सक, नर्स र प्राविधिक स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रबन्ध गृह मन्त्रालयले मिलाउने भनेपनि त्यस विपरित कुटपिटको घटना भएकोमा घटनाको भत्सर्ना सहित घटनामा संल्गन प्रहरी उपर छानबिन र कारबाही नगरे देशभरको स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पर्ने चेतावनी समेत दिएका छन ।

यसैवीच चिकित्सकत्रय माथि प्रहार गर्ने प्रहरीमाथि छानबिन हुने भएको छ । त्रिवि शिक्षण अस्पताल नजिकै भएको कुटपिट प्रकरणको छानविन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको हो । समितिमा महानगरीय प्रहरी अपराध महाशाखाका एसपी मुकेश सिंह र महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटी सदस्य रहेका छन भने समितिलाइ छानबिन गरेर प्रतिवेदन प्राप्त भएसंगै कुटपिट गर्ने प्रहरीमाथि कारबाही गरिने प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।